‘लेप्चा’ वा ‘लाप्चा’ जे भने पनि यिनीहरुलाई सीमान्तकृत लोपोन्मुख जाति मानिन्छ । अग्ला र मझौला कद भएका, नाक लामो तथा थेप्चो, रातो वर्ण हृष्टपुष्ट शरीर भएका यिनीहरुलाई सहनशिल र विनम्र स्वभावका एकमात्र जाति भनिन्छ । लेप्चाहरुको उत्पतिको बारेमा हालसम्म ठोस ऐतिहासिक प्रमाण उपलब्ध हुन सकेको छैन् । यिनीहरु तेह्रौ–चौधौं औं शताब्दीतिर पूर्वबाट सिक्कम पसी, त्यहीँबाट उत्तर पसेको बताउँछन् जानिफकारहरु । नेपाल एकिकरणको अभियानमा पृथ्वीनारायण शाहलाई ‘याक्ला थो’ नामका व्यक्तिले ठूलो योगदान पु¥याएका थिए । सोही योगदानको उच्च कदर गर्दै सुगौली सन्धिपछि उनलाई त्यसक्षेत्रमा पूर्वी सीमानाको रक्षा गर्न जिम्मा दिई भारतको सिक्किमबाट एक सय लेप्चा घरपरिवार ल्याई बसोबास गर्न दिइएको इतिहासकार इमानसिंह चेम्जोङ्गको मत रहेको छ ।
लेप्चाहरु आफूलाई ‘रोङ्ग’ भन्ने गर्दछन् । जसको अर्थ ‘पर्खनु वा कुर्नु’ भन्ने हुन्छ । उनिहरुका अनुसार आफ्नो सृष्टि देवता ‘छटासेथीङ्’ले देशमा भोकमरी तथा अनिकाल परेमा ३३ वटा गुप्त भण्डारबाट धन र अन्न बितरण गर्न आउने जनविश्वासका कारण आफुहरुलाई ‘रोङ्ग’ भनिएको बताउँछन् । यिनीहरुको मुख्य बसोबास भएको क्षेत्र कञ्चनजङ्घा हिमाली क्षेत्र, त्यस्तै गरी पूर्वी नेपालको इलाम, भारतको सिक्किम, दार्जिलिङ्ग र कालिम्पोङ्गलाई मानिन्छ । विशेषगरी यिनीहरु पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्न रुचाउँछन् । पूर्वी इलामको तामसालिङ्ग, जोगमाई, गोर्खे, पशुपतिनगर, गोदक, लक्ष्मीपुर, इरौटार, शान्तिपुर, पञ्चकन्या, फिक्कल, श्रीअन्तु, समालबुङ्क, जिर्मले लगायतका गाबिसहरुमा लेप्चाहरु अहिले पनि बसोबास गर्दै आएका छन् । प्रचीनकाल देखि नै इलाम जिल्लामा लेप्चाहरुको बसोबास भएको हुँदा त्यहाँका धेरैजसो ठाउँको नाम लेप्चा भाषाबाटै नामाकरण गरिएको छ । लेप्चा भाषामा ‘इ’ को अर्थ ‘पुत्का’ र ‘लाम’को अर्थ ‘पाइने ठाउँ’ भन्ने हुन्छ, अर्थात पुत्का ‘मह पाइने ठाउँ’ भएकोले त्यस ठाउँको नाम ‘इलाम’ रहन पुगेको भनाई छ ।
लेप्चाहरुलाई आफ्नै संस्कृति र रहनसहनमा हुर्किएको, आफ्नै भाषा भएको, कसैको जातिय संस्कृतिको प्रभावमा नपरेको जाति मानिन्छ । लेप्चाहरुलाई धनुकाँडमा पारङ्गत जाति मानिन्छ यसका साथै यिनिहरु आफ्नो प्रमुख पेशाका रुपमा पशुपालन गर्दछन् । पशुहरुमा गाई, सुँगुर र कुखुरा पाल्दछन् । चाडपर्व तथा बिहेबारीमा विशेषगरी सुँगुरको मासु प्रयोग गर्दछन् । घुयत्रो, सोला, भाला, धनुकाँडमा पारङ्गत हुने हुँदा सिकार पनि गर्ने गर्दछन् । यिनीहरुलाई ‘बातावरण संरक्षक जाति’ भन्दा पनि हुन्छ । फलफूल र कन्दमूलका बोटविरुवाहरुको संरक्षण गर्ने गर्दछन् । फुलफूल र कन्दमूल बढी मात्रामा खान्छन् । यिनिहरु जंगलमै फलफूल नसड्ने गरी सञ्चय गर्न सक्दछन् । यिनिहरु नारीलाई विशेष सम्मान गर्दछन्,कुनै पनि जनावरको पोथीलाई मार्दैनन् ।
यिनिहरु आफुलाई प्रजातान्त्रिक भएको ठान्दछन्, यससम्बन्धी एक रोचक प्राचीन प्रसङ्ग पनि छ– करिब इसापूर्व ३३०–३२० तिर यिनीहरुका राजा ‘पनु’ले राज्यभिषेकमा गोरुको रगतमा दुवै हात डुबाई ‘सारा जनतालाई बराबर ठान्नेछु, कसैलाई काखा र कसैलाई पाखा गर्नेछैन, सबैलाई बराबरीको व्यवहार गर्नेछु’ भनेर सपथ खाएका थिए रे । यसैताका देखि यिनीहरु आफुलाई प्रजातान्त्रिक भएको ठान्दछन् ।
वि.सं. २०५८ सालको जनगणनाअनुसार ३ हजार ६ सय ६० मात्र जनसंख्या रहेको यिनीहरुको मनपर्ने खाद्यन्नमा घैया(जोकुपाजो), धान(कचेर), जौ(कुन्युङ), मकै(कोङ), जुनेलो(मंकुप), कोदो(कठुकठत), फापर(तघुल) लगायतका पर्दछन् । यिनीहरुलाई जुनसुकै चाडपर्वको कर्मकाण्डमा रक्सी नभई हुँदैन । यिनीहरु रक्सीबाट शुद्धी प्राप्त हुने ठान्दछन् । यिनिहरु विशेषगरी बौद्ध धर्म मान्दछन् । तर अन्य बौद्ध धर्मालम्बीहरु जस्तै शेर्पा, तामाङ भन्दा यिनिहरुको भाषा, लिपि र संस्कारमा फरक रहेको छ । यिनिहरुका बिवाह र मृत्यू संस्कार जस्ता विधिमा आफ्नै जातीय लामा पढाउँछन् । बच्चा जन्मिएको ३ दिनमा कुखुर काटेर जाँडरक्सी र फलफुलको पञ्चामृत ‘ठ्यु’ ख्वाएर चोख्याउने गर्दछन् ।
लेप्चाहरुको बैवाहिक संस्कार रोचक रहेको छ । लेप्चाहरु सामान र गोत्रमा बिवाह गर्दैनन् । यिनीहरु बिवाहलाई आफ्नो भाषामा ‘ब्री’ भन्दछन् । जसको अर्थ हुन जान्छ ‘दुई प्राणीलाई एउटै बनाउनु’ । त्यस्तै यिनिहरुको भाषामा बेहुँलालाई ‘म्येक’ र बेहुँलीलाई ‘न्योम’ भन्दछन् । यिनीहरुको बैवाहिक संस्कार अरुजातिभन्दा फरक छ । बिवाह गर्दा बिभिन्न ७ वटा चरणहरु अपनाउनुपर्ने हुन्छ । जन्ति जाँदा बेहुँलापक्षबाट नगई बेहुँलीपक्षबाट जाने गर्दछन्, जन्ती जाँदा बेहुँली सहित १२ जना जाने गर्दछन्(अहिले यो परम्परा कसै–कसैलेमात्र लागु गरेको पाइन्छ) मागी बिवाह हो भने केटी मागेको समान्यतया डेढ वर्षदेखि तीन वर्षपछि बिवाहको काम सम्पन्न हुन्छ । त्यसबीचमा केटाले केटीकै घरमा बस्नुपर्ने हुन्छ, अनि मात्र बिवाह सम्पन्न हुन्छ र बेहुँली बेहुँलाको घर जान्छिन् । मागनी गरी सकेकी केटी यदि अर्कैकेटीसँग गएमा केटीकी बिहिनी अथवा काकाकी छोरी वा भदैनी समेत दिई डोली भर्ना गर्नुपर्ने अनौठो चलन पनि यिनिहरुमा रहेको छ ।
लेप्चाहरुको धर्म र संस्कृतिमा पनि छुट्टै पहिचान छ । विशेषगरी यिनीहरु पर्वतको पूजा गर्दछन् । पर्वतको पूजा गर्दा यिनीहरु ठूल्ठूल्ला ढुंगाको दुई समुहलाई पर्वत श्रृखंलाको प्रतिकका रुपमा ग्रहण गर्दै पूज्दछन् । सिक्किममा लेप्चाहरु १५ दिनसम्म अनेकौं मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर ‘नामआल नामवन’ पर्व अर्थात् नयाँ वर्षलाई धुमधामसँग मनाउने गर्दछन् । यसपाली भने सिक्किमका लेप्चाहरु आफ्नो छुट्टै राज्य र अधिकारको ग्यारेण्टीको माग गर्दै मनाएका छन् । त्यस्तै पूर्वी इलामका लेप्चाहरु गाउँ–गाउँमा आफ्नो जातिय पोशाक ‘दाम्प्रा दामबोन’मा सजिएर नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।
लेप्चाहरुको मृत्यू संस्कार पनि रोचकै छ । यिनिहरुको समाजमा मानिसको मृत्यू भएपछि घरको ढोकाबाट मृतकलाई बाहिर निकाल्दैनन् । अर्कै ठाउँमा भित्तो फुटाएर लास बाहिर निकाल्छन् । यिनिहरु लासलाई जलाउने र गाड्ने दुवै गर्दछन् ।
हाल आएर यिनिहरुमा आफ्नो धर्म संस्कृति, रहनसहनको बचाउ गर्नुपर्छ भन्ने चेतना आएको छ । इलामस्थित यिनिहरुको संग्राहलयमा ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका बस्तुहरु राखिएको छ । इलाम महोत्सबसँगै स्थापना गरिएको सो संग्राहलयमा प्राचीन धर्म ग्रन्थ ‘नामथार’, लिपि, ऐतिहासिक कागजपत्र, बाजागाजा, तोप, संगीन, तरबार तथा हातहतियार, दम्बुन दम्बा, जातिय पोशाक लगायतका पुरातात्विक महत्वका सामाग्रीहरु राखिएको छ । त्यहाँ दुर्लभ लेप्चा जातिको उत्थानका लागि ‘रोङ्गसेजुमढी’ नामक उत्थान मञ्च पनि स्थापना भएको बताइएको छ ।
[सन्दर्भ स्रोतहरु : कान्तिपुर दैनिक, कान्तिपुर साप्ताहिक, सुमन लावती(इलाम), नेपालका जनजातिहरु(मधुसुदन पाण्डे), श्रीजनमत साप्ताहिक, हिमगिरी(सिक्किम)]
रहल पढ्नुहोस् >>